काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पनि पाँचदलीय गठबन्धनमा मिसिने भएका छन् । प्रमुख राजनीतिक दलले नयाँ राष्ट्रपतिको उम्मेदवार तय गर्न राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन्। राष्ट्रपतिको उम्मेदवारी दिने मिति नजिकिएसँगै उनी गठबन्धनमा सामेल हुने भएका हुन् ।
गत पुस १० गतेको समझदारी अनुसार एमालेलाई राष्ट्रपति नदिने निष्कर्षमा पुगेको माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा ( एकिकृत समाजवादी), जनता समाजवादी (जसपा) सँग मिलेर पुरानै गठबन्धन व्युताउने तयारी गरिरहदा सिके नेतृत्वको जनमत पनि गठबन्धनमा मिसिन लागेको हो ।
कुनै समय मधेसलाई छुट्टै देश बनाउने अभियान चलाएर मूलधारको राजनीतिमा आएका राउतको पार्टी यतिबेला सरकारमा समेत सामेल छ।
गठबन्धनमा शुरुदेखि नै सामेल जनमत पार्टीले आफूलाई उद्योग बाणिज्य वा कृषि मध्ये एक मन्त्रालय दिन माग गरेको थियो ।जनमतको मागमा प्रचण्ड र ओली दुबै सहमत थिए ।
तर पछि मन्त्रालय बांडफांड गर्दा ओलीले उद्योग र कृर्षि मन्त्रालय एमालेलाई हुनुपर्ने अडान राखेपछि र ती मन्त्रालय एमालेले लिएपछि जनमत पार्टी खानेपानी मन्त्रालयको जिम्मेवारीमा असन्तुष्ट देखिन्छ ।
हिजो बुधबार नेपाली कांग्रेसका नेताहरुसँगको छलफलमा राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने आश्वासन दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघिको पाँचदलीय गठबन्धनलाई ब्युँताउने समझदारी गरेका छन् ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend