Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनमतका अध्यक्ष सिके राउतपनि पाँचदलीय गठबन्धनमा मिसिने


    बिहिबार, फाल्गुन ११ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पनि पाँचदलीय गठबन्धनमा मिसिने भएका छन् । प्रमुख राजनीतिक दलले नयाँ राष्ट्रपतिको उम्मेदवार तय गर्न राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन्। राष्ट्रपतिको उम्मेदवारी दिने मिति नजिकिएसँगै उनी गठबन्धनमा सामेल हुने भएका हुन् ।

    गत पुस १० गतेको समझदारी अनुसार एमालेलाई राष्ट्रपति नदिने निष्कर्षमा पुगेको माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा ( एकिकृत समाजवादी), जनता समाजवादी (जसपा) सँग मिलेर पुरानै गठबन्धन व्युताउने तयारी गरिरहदा सिके नेतृत्वको जनमत पनि गठबन्धनमा मिसिन लागेको हो ।

    कुनै समय मधेसलाई छुट्टै देश बनाउने अभियान चलाएर मूलधारको राजनीतिमा आएका राउतको पार्टी यतिबेला सरकारमा समेत सामेल छ।

    गठबन्धनमा शुरुदेखि नै सामेल जनमत पार्टीले आफूलाई उद्योग बाणिज्य वा कृषि मध्ये एक मन्त्रालय दिन माग गरेको थियो ।जनमतको मागमा प्रचण्ड र ओली दुबै सहमत थिए ।

    तर पछि मन्त्रालय बांडफांड गर्दा ओलीले उद्योग र कृर्षि मन्त्रालय एमालेलाई हुनुपर्ने अडान राखेपछि र ती मन्त्रालय एमालेले लिएपछि जनमत पार्टी खानेपानी मन्त्रालयको जिम्मेवारीमा असन्तुष्ट देखिन्छ ।

    हिजो बुधबार नेपाली कांग्रेसका नेताहरुसँगको छलफलमा राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने आश्वासन दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघिको पाँचदलीय गठबन्धनलाई ब्युँताउने समझदारी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार