काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई औपचारिक रूपमै राष्ट्रपतिको उम्मेदवारका रूपमा अगाडि सारेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार बालुवाटारमा भेटेर ओलीले पार्टीका तर्फबाट नेपाललाई राष्ट्रपतिको उम्मेदवार प्रस्ताव गरेका हुन् ।
ओलीले नेपालको नाममा कांग्रेससहित अन्य दलको पनि सहमति जुटाएर राष्ट्रिय सहमतिको उम्मेदवार बनाउन अग्रसरता लिनसमेत प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी नीतिअनुसार नै अध्यक्ष ओलीले नेपाललाई प्रधानमन्त्री प्रचण्डसमक्ष राष्ट्रपतिको उम्मेदवारका रूपमा अगाडि सारेको बताए । ‘उपत्यकाबाहिर रहेका कारण विस्तृत रूपमा अपडेटेड त छैन,’ ज्ञवालीले भने, ‘सामान्यतया माधव कमरेडलाई नै उम्मेदवार बनाउने सल्लाह भएअनुसार अध्यक्ष कमरेडले प्रस्ताव राख्नुभएको हो ।’ प्रधानमन्त्री प्रचण्ड स्वयं सकारात्मक रहेका कारण पनि एमालेको प्रस्तावमा नेपालको पक्षमा राष्ट्रिय सहमति जुटाउन थप सहज हुने भन्दै ओलीले पहल लिन आग्रह गरेका थिए ।
‘माधव कमरेडलाई राष्ट्रिय सहमतिको उम्मेदवार बनाऊँ, तपाईं उहाँलाई बनाउने कुरामा सकारात्मक नै हुनुहुन्छ, अब यसैमा पहल गरेर कांग्रेसलाई पनि सहमतिमा ल्याउन अग्रसरता लिनुस्,’ प्रधानमन्त्री प्रचण्डसमक्ष ओलीले राखेको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक रामशरण बजगाईंले भने, ‘गठबन्धनमा सहकार्य भएको सहयोद्धाका हिसाबले पनि माधवजीको नाममा कांग्रेसलाई पनि सहमत गराएर सहमतिमा पुग्न सहज हुन्छ, त्यसैले तपाईंले निर्णायक पहल लिनुस् ।’
माओवादी केन्द्रका महासचिव देव गुरुङले ओलीले नेपालको नाम प्रस्ताव गरे पनि त्यसैमा सहमति जुट्छ कि जुट्दैन अहिल्यै भन्ने अवस्था नरहेको बताए । ‘उहाँहरू (प्रधानमन्त्री–ओली)बीच के–के कुरा भयो, सबै बुझ्न त पाएको छैन । तर, माधव कमरेडको नाम प्रस्ताव भए पनि त्यसैमा सहमति जुट्न सक्छ कि सक्दैन, छलफल हुँदै जाला, अहिल्यै ठ्याक्कै भन्न सकिँदैन,’ गुरुङले भने ।
नेपालको नाममा कांग्रेस सहमत नभए माओवादीसहित अरू दलको मत जुटाएर जिताउने ओलीको योजना छ । यो विकल्प सफल नभई कांग्रेस र माओवादी केन्द्रको गठबन्धन बनेको अवस्थामा नेकपा एस, रास्वपा, जसपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनता पार्टी, नेमकिपा र केही स्वतन्त्र सांसदहरूको समेत समर्थन जुटाएर भए पनि नेपाललाई राष्ट्रपति बनाउने गरी ओलीले गृहकार्य गरिरहेको उनको सचिवालयले दाबी गरेको छ । लोसपाले भने अध्यक्ष महन्थ ठाकुरलाई अगाडि सारेकाले एमालेले आफूले अगाडि सारेको उम्मेदवारलाई मत दिने दलका रूपमा गणना गरेको छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend