काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई औपचारिक रूपमै राष्ट्रपतिको उम्मेदवारका रूपमा अगाडि सारेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार बालुवाटारमा भेटेर ओलीले पार्टीका तर्फबाट नेपाललाई राष्ट्रपतिको उम्मेदवार प्रस्ताव गरेका हुन् ।
ओलीले नेपालको नाममा कांग्रेससहित अन्य दलको पनि सहमति जुटाएर राष्ट्रिय सहमतिको उम्मेदवार बनाउन अग्रसरता लिनसमेत प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी नीतिअनुसार नै अध्यक्ष ओलीले नेपाललाई प्रधानमन्त्री प्रचण्डसमक्ष राष्ट्रपतिको उम्मेदवारका रूपमा अगाडि सारेको बताए । ‘उपत्यकाबाहिर रहेका कारण विस्तृत रूपमा अपडेटेड त छैन,’ ज्ञवालीले भने, ‘सामान्यतया माधव कमरेडलाई नै उम्मेदवार बनाउने सल्लाह भएअनुसार अध्यक्ष कमरेडले प्रस्ताव राख्नुभएको हो ।’ प्रधानमन्त्री प्रचण्ड स्वयं सकारात्मक रहेका कारण पनि एमालेको प्रस्तावमा नेपालको पक्षमा राष्ट्रिय सहमति जुटाउन थप सहज हुने भन्दै ओलीले पहल लिन आग्रह गरेका थिए ।
‘माधव कमरेडलाई राष्ट्रिय सहमतिको उम्मेदवार बनाऊँ, तपाईं उहाँलाई बनाउने कुरामा सकारात्मक नै हुनुहुन्छ, अब यसैमा पहल गरेर कांग्रेसलाई पनि सहमतिमा ल्याउन अग्रसरता लिनुस्,’ प्रधानमन्त्री प्रचण्डसमक्ष ओलीले राखेको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक रामशरण बजगाईंले भने, ‘गठबन्धनमा सहकार्य भएको सहयोद्धाका हिसाबले पनि माधवजीको नाममा कांग्रेसलाई पनि सहमत गराएर सहमतिमा पुग्न सहज हुन्छ, त्यसैले तपाईंले निर्णायक पहल लिनुस् ।’
माओवादी केन्द्रका महासचिव देव गुरुङले ओलीले नेपालको नाम प्रस्ताव गरे पनि त्यसैमा सहमति जुट्छ कि जुट्दैन अहिल्यै भन्ने अवस्था नरहेको बताए । ‘उहाँहरू (प्रधानमन्त्री–ओली)बीच के–के कुरा भयो, सबै बुझ्न त पाएको छैन । तर, माधव कमरेडको नाम प्रस्ताव भए पनि त्यसैमा सहमति जुट्न सक्छ कि सक्दैन, छलफल हुँदै जाला, अहिल्यै ठ्याक्कै भन्न सकिँदैन,’ गुरुङले भने ।
नेपालको नाममा कांग्रेस सहमत नभए माओवादीसहित अरू दलको मत जुटाएर जिताउने ओलीको योजना छ । यो विकल्प सफल नभई कांग्रेस र माओवादी केन्द्रको गठबन्धन बनेको अवस्थामा नेकपा एस, रास्वपा, जसपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनता पार्टी, नेमकिपा र केही स्वतन्त्र सांसदहरूको समेत समर्थन जुटाएर भए पनि नेपाललाई राष्ट्रपति बनाउने गरी ओलीले गृहकार्य गरिरहेको उनको सचिवालयले दाबी गरेको छ । लोसपाले भने अध्यक्ष महन्थ ठाकुरलाई अगाडि सारेकाले एमालेले आफूले अगाडि सारेको उम्मेदवारलाई मत दिने दलका रूपमा गणना गरेको छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend