काठमाडौं । उमेर ढाँटेर सेवा प्रवेश गरेका नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले बुधबार राजीनामा दिइसकेका छन् । पहिलो वरियतामा एआइजी बढुवा हुँदै आइजीपी हुन अस्वभाविक चलखेल गरेपछि उनको नागरिकतादेखि शैक्षिक योग्यतासम्मका कैफियत सार्वजनिक भए । उमेर ढाँटेर सेवा प्रवेश र त्यही नागरिकताका आधारमा ५५ बर्ष पुगेपछि अवकाश हुनुपर्नेमा डीआइजी अशोक सिंहमात्र होइन, प्रदेश नम्बर १ का डीआईजी श्यामलाल ज्ञवालीदेखि आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयका किरण बज्राचार्य र कर्णाली प्रदेशका भीम ढकाल पनि छन् ।
प्रदेश नम्बर १ का डीआइजी श्यामलाल ज्ञवाली पनि उमेर ढाँटेर बढुवा भएको खुलेको छ । स्रोतबाट प्राप्त विवरण अनुसार नागरिकतामा ज्ञवालीको जन्ममिति पनि २०२४ चैत २१ रहेको छ । उनको जन्ममिति ५ महिना ५ दिन फरक रहेको पाइएको छ । अर्थात् उनले पनि उमेर ढाँटेर प्रहरी सेवामा प्रवेश गरेको उनको नागरिकताबाट पुष्टि हुन्छ । ज्ञवालीको सिटरोल र शैक्षिक योग्यतामा भने २०२५ भदौ २६ रहेको छ । अशोक सिंहले उमेर ढाँटेर बढुवा भएको र सेवा प्रवेश गर्दा पनि उमेर हद नाघेपछि गरेको बिषय सार्वजनिक भएपछि राजीनामा दिएपछि अरु डीआइजीमाथि पनि दबाब परेको छ ।
प्रहरी नियमावली, २०७१ मा सेवा प्रवेश गर्दा पेश गरेको नागरिकता प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक विवरण (सिटरोल)मा जन्ममिति, बर्ष, महिना र गते खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मितिको आधारमा अवकाश हुने ब्यवस्था छ । प्रहरी नियमावली अनुसार नै अशोक सिंह, श्यामलाल ज्ञवालीको २०७९ जेठ २१ मा ५५ बर्ष पुगेकाले उनीहरु एसएसपीबाटै अवकाश हुनुपर्ने देखिन्छ । तर उनीहरुको नागरिकता नै भेरिफाई नगरी तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको अध्यक्षताको बढुवा समितिले २०७९ असार ८ मा डीआईजीमा बढुवा सिफारिस गरेको थियो ।
कर्णाली प्रदेशका डीआईजी भीमप्रसाद ढकालको पनि नागरिकता अशोक सिंह र श्याम ज्ञवालीको जस्तै छ । स्रोतबाट प्राप्त जानकारी अनुसार नागरिकतामा ढकालको जन्ममिति २०२४ मंसिर २८ रहेको छ । तर उनले केही महिनाअघि भोजपुर जिल्ला प्रशासन कार्यालयमा गएर उमेर सच्याएर नागरिकता लिएको आरोप छ । भोजपुरबाट उमेर सच्याएर नागरिकता लिइसकेपछि उनले प्रहरी कितावखानामा समेत निकै दिन धाएर उनले जन्ममिति मिलाएको स्रोतको दाबी छ ।
त्यस्तै उमेर ढाँटेर जागिर खानेमा १७ भाइ भन्दा अघिल्लो ब्याचका डिआईजी नलप्रसाद उपाध्याय र मोहन आचार्य पनि छन् । उपाध्यायको जन्ममिति ६ महिना १४ दिन फरक भेटिएको छ । उपाध्यायको सिटरोल र नागरिकतामा २०२४÷४÷१९ तथा शैक्षिक योग्यतामा २०२४÷११÷३ उल्लेख गरिएको छ ।
मोहन आचार्यको सिटरोल र शैक्षिक योग्यतामा २०२४÷१०÷१७ रहेको छ भने नागरिकतामा २०२४ साल मात्र उल्लेख गरिएको छ । डिआईजी मसउद आलम खाँको पनि ५ महिना १ दिन जन्ममिति फरक रहेको पाइएको छ ।
अर्का डिआईजी किरण बज्राचार्यको पनि जन्ममितिमा २९ दिन फरक भेटिएको छ । उनको सिटरोल र नागरिकतामा २०२५÷९÷१६ उल्लेख छ भने शैक्षिक योग्यतामा २०२५÷८÷१७ उल्लेख भएको पाइएको छ ।
उमेर ढाँटेर बढुवा भएको बिषय सार्वजनिक भएपछि डीआईजी अशोक सिंहको राजीनामा आएजस्तै अरु डीआईजीहरुले समेत दिने हुन् कि थप विवादमा पर्ने हुन् त्यो भने केही दिनमा देखिनेछ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend