काठमाडौं । सरकारले आत्मनिर्भर घोषणा गरेको पोल्ट्री उद्योग धराशयी हुने अवस्थाको डिलमा पुगेको छ । कोरोना महामारीको समयमा घाटामा गएको र त्यसपछि विश्व अर्थतन्त्रमा देखिएको सुस्तीका कारण माथि उठ्न नसक्दा १ सय ६० अर्ब लगानी रहेको व्यवसाय धराशयी हुने खतरामा पुगेको पोल्ट्री व्यवसायीले बताएका छन् । सरकारले २०७७ चैतमा पोल्ट्री उद्योगलाई आत्मनिर्भर घोषणा गरेको थियो ।
विश्व अर्थतन्त्रमा देखिएको उतारचढावका कारण कुखुरालाई खुवाउने दाना उत्पादन गर्ने कच्चा पदार्थ र औषधिको मूल्य अत्यधिक बढेर किसानले लागत मूल्य पनि नपाउने खतरा बढेपछि दाना र ह्याचरी उद्योग बन्द हुने क्रम बढेको बताइएको छ ।
नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेलका अनुसार ह्याचरी व्यवसायीले उत्पादन लागतअनुसार चल्लाको मूल्य नपाएपछि धमाधम उद्योग बन्द हुन थालेका छन् । तीन सय ६८ उद्योगमध्ये १ सय ५० बन्द भइसकेका छन् । सञ्चालनमा रहेका उद्योग पनि ६० प्रतिशत क्षमतामा मात्रै चलिरहेका छन् । त्यसैगरी १ सय १४ ओटा दाना उद्योगमध्ये ५० प्रतिशत बन्द भइसकेको व्यवसायीको दाबी छ ।
सामान्य अवस्थामा नेपालमा रहेका ह्याचरी उद्योगले हप्तामा ४५ लाख चल्ला उत्पादन गर्थे । अहिले चल्ला उत्पादन क्षमता २० लाखले घटेर २५ लाखमा सीमित भएको छ । ‘दाना र औषधिलगायत कच्चा पदार्थको मूल्य आकाशिएपछि किसानले चल्ला माग गर्नै छाडे,’ अध्यक्ष पौडेलले भने, ‘त्यसपछि चल्लाको लागत मूल्य पनि उठ्न छाड्यो । ५५ रुपैयाँ लागत पर्ने चल्ला ४० रुपैयाँमा विक्री गर्नुपर्ने बाध्यतामा छौं । विक्री नभएपछि लाखौं चल्ला नष्ट गर्नुपर्ने स्थिति पनि आयो ।’
यस्तो अवस्थामा पनि बिचौलियाले महीना दिन अघिसम्म भारतबाट तयारी मासु भित्र्याउँदा यस्तो अवस्था आयो,’ उनले भने । दुई वर्षअघि दानामा प्रयोग हुने मकैको मूल्य २० रुपैयाँ किलो थियो । अहिले ४२ रुपैयाँ पुगेको छ ।
यसबीचमा भटमासको मूल्य ७५ रुपैयाँ किलोबाट बढेर १ सय २५ रुपैयाँ पुगेको छ । औषधिको मूल्य त्यसैगरी उकालो लागेको छ, जसले गर्दा कुखुरापालक किसान पनि पलायन हुन थालेको पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रले बताए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई ५० करोड निकासा गरेको छ । मन्त्रालयले बर्डफ्लु...
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । किसानलाई...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend