Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्दै


    सोमबार, फाल्गुन ८ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । आज दिउँसो ४ बजे पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्न लागेको हो ।

    बैठकमा राष्ट्रपति चयनलगायत विषयमा छलफल हुने माओवादीका नेता मातृका यादवले जानकारी दिए । उनका अनुसार फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ ।

    २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । फागुन १० गतेसम्म माओवादीलाई कांग्रेस उम्मेदवारको पक्षमा उभ्याउन कांग्रेस नेताहरूले प्रयास गरिरहेका छन् ।

    पुस १० मा सात दलीय गठबन्धनबाट सरकार बन्दा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको थियो । तर पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राष्ट्रपतिका विषयमा नयाँ बहस भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार