काठमाडौं । नेपाल प्रहरीमा आइजीपी नियुक्तिको चलखेल सुरु भएको छ । वर्तमान आइजीपी धिरजप्रताप सिंह आगामी चैत ११ मा अवकाश हुने भएकाले आइजीपीका दाबेदार डीआइजीहरुबीच पहिलो नम्बरमा एआइजी हुनका लागि दौडधूप सुरु भएको हो । पहिलो वरियतामा एआइजी भएमा आइजीपी हुन कसैले नछेक्ने निष्कर्षका साथ डीआइजीहरु शक्तिकेन्द्र धाउन थालेका छन् ।
एआइजी बढुवाका दाबेदार डीआइजीहरुमा मधेश प्रदेशका डीआईजी वसन्त कुँवर, लुम्बिनीका टेकप्रसाद राई, सुदूरपश्चिमका अशोक सिंह, बागमतीका दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य छन् ।
त्यसैगरी, एआइजी बढुवाका आकाक्षी डीआइजीहरुमा सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकप्रसाद तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा पनि हुन् । यी १७ जना एकैदिन बढुवा भएका हुन् । यही टोलीबाट एआइजी र एक महिनापछि आइजीपी हुनेछन् । यी १७ मध्ये ५ डीआइजी मात्र एआइजी बढुवा हुने भएकाले पनि चर्को प्रतिस्पर्धा देखिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख स्वकीय सचिव गंगा दाहाल र उनका पति प्रदेश १ का मन्त्री जीवन आचार्यलाई प्रभावमा पारी पहिलो वरियतामा आइजीपी हुने दाउमा रहेका सुदूरपश्चिम प्रदेशका डीआइजी अशोक सिंहका बिरुद्ध नागरिकता र प्रमाणपत्रको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उनी विवादमा परेका छन् ।
नागरिकता अनुसार उनको डीआईजी बढुवा नै बदर हुने र अवकाशपत्र पाउने संभावना छ । नागरिकता अनुसार अशोक सिंहको जन्ममिति २०२४ जेठ २२ हो । जन्ममितिले २०७९ जेठ २१ मा एसएसपीको ५५ बर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउने थिए । २०७९ जेठ २१ मा एसएसपीको उमेरहदले कानुनतः भैसकेका सिंहलाई २०७९ असार १७ मा डीआईजीमा बढुवा गरिएको थियो । जुन बढुवा स्वतः खारेज हुने संभावना छ । त्यतिबेला बढुवा समितिले राम्रोसँग कागजात हेरेको भए सिंह डीआईजी बढुवा नै हुने थिएनन् । एसएसपीबाटै घर जान्थे । उनको नागरिकताको छानबिन नसकिएसम्म गंगा दाहालले जतिसुकै नजराना लिएको भए पनि आइजीपी हुने संभावना कम देखिन्छ ।
एआइजी पहिलो वरियतामा बढुवा भएर आइजीपी हुने दौडमा बागमती प्रदेशका डीआइजी दीपककुमार थापा पनि छन् । उनको पनि माओवादी केन्द्रका नेताहरुसँग राम्रो सम्बन्ध भएकाले बढुवा हुनका लागि उनी पनि लागेका छन् । पहिलो वरियताका मधेश प्रदेशका डीआइजी वसन्त कुँवर र दोस्रो नम्बरका लुम्बिनीका टेकप्रसाद राई भने स्वभाविक रुपमा भए भइहाल्छ भनेर रेसमा छैनन् । प्रधानमन्त्रीका छोरीज्वाईदेखि आसेपासे र बिचौलियाहरुले पनि कुँवर र राईलाई त्यति महत्व दिएका छैनन् । तेस्रो वरियताका अशोक सिंहको धेरै शक्तिकेन्द्र चाहार्न थालेपछि नागरिकतादेखि धेरै कुरा बाहिर आइसकेका छन् । अघिल्लो सरकारका पालामा हराएको चेकमा रकम भरेको आरोपमा प्रहरीको छानबिन समितिले कारबाही गर्न सिफारिस गर्दा पनि आरजु राणाको दबाबमा तेस्रो नम्बरमा डीआइजी बढुवा गरेको थियो ।
शेरबहादुर देउवा नै पावरमा रहने आँकलन गरेका उनलाई प्रचण्ड प्रधानमन्त्री र रवि लामिछाने गृहमन्त्री भएपछि सुदूरपश्चिम प्रदेशमा सरुवा गरियो । लामिछानेले श्याम ज्ञवालीलाई महत्व दिएपछि पहिलो वरियतामा एआइजी हुने संभावना अशोक सिंहले कम देखेका थिए । तर लामिछाने पदमुक्त भएपछि उनले प्रदेश १ का मन्त्री जीवन आचार्यसँसग लाइन मिलाए । एआइजी बढुवामा एक नम्बरमा पर्ने निश्चित थिए । तर नागरिकता प्रकरणले उनको त्यो सुनिश्चिततामा तगारो हालेको छ ।
५ नम्बर वरियताका डीआइजी श्यामलाल ज्ञवाली पनि एआइजी बढुवामा पहिलो वरियतामा पार्न प्रदेश १ बाट काठमाडौं आएर शनिबार प्रधानमन्त्री प्रचण्डलाई भेट्ने प्रयास गरेका थिए । तर प्रयास सफल नभएपछि उनी फर्किएका छन् । छैटौं नम्बरमा रहेकी किरण बज्राचार्य पनि महिला आइजीपी बनाउनुपर्छ भन्दै माओवादी नेतृहरुमार्फत् प्रधानमन्त्री प्रचण्डकोमा दबाब बढाइरहेकी छन् । माओवादी नेतृहरु पम्फा भूसाल, शशी श्रेष्ठहरुमार्फत् उनले दबाब बढाउँदै लगेकी छन् ।
डीआइजी बज्राचार्यमाथि बेवारिसे सब ब्यवस्थापनका लागि निकासा भएको सरकारी रकम हिनाममिना गरेको आरोप छ । बेवारिसे सब ब्यवस्थापनको रकम हिनामिना गरेको आरोपमा अख्तियारले छानबिन गरेको थियो । तर बेवारिसे सब ब्यवस्थापनको रकम हिनामिनामा छानबिन गरेको अख्तियारले अहिलेसम्म पनि विशेष अदालतमा मुद्दा दायर गरेको छैन ।
बज्राचार्य महानगरीय प्रहरी परिसर भक्तपुमा एसपी हुँदा बेवारिसे शव व्यवस्थापनका लागी निकासा भएको सरकारी पैसा हिनामिना गरेको आरोपमा उजुरी परेको थियो । उनी ०७२ असोज देखि ०७३ मंसिर सम्म भक्तपुर इन्चार्ज थिइन् । उजुरी परेको ७ बर्षसम्म पनि अख्तियारले बज्राचार्यको मुद्दा दर्ता गरेको छैन ।
बज्राचार्य पहिलो वरियतामा एआइजी बढुवा भएर आइजीपी हुनेमा भन्दा पनि ५ जनाभित्र पर्ने योजनामा लागेकी छन् ।
पूजा सिंहमाथि जिल्ला प्रहरी कार्यालय काभ्रेको एसपी हुँदा सरुवा भएर जाने तल्लो दर्जाका १ सय ६४ सिपाही हवल्दारले परिवारसहितको टिएडीए नदिएर आफैंले खाएको उजुरीमा अख्तियारले छानबिन गरेको थियो । सरुवा भएर जाने कर्मचारीलाई दिनुपर्ने भत्ता रकम लेखापाल धुब गौतमसँग मिलेर उनले नक्कली हस्ताक्षर गरेर कागजपत्र मिलाएको भन्दै उजुरी परेको थियो । सिंह ०७१ भदौदेखि ०७२ असोजसम्म काभ्रेको इन्चार्ज थिइन् । उनी एसपी, एसएसपी, डीआइजी हुँदै एआइजी बढुवा भएर ३ दिनअघि २०७९ फागुन ५ मा अवकाश भएकी छन् ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend