Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • ४५ जना सवार बस पोखरामा दुर्घटना


    आइतबार, फाल्गुन ७ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । पोखराको बेगनास-पोखरा सडकखण्डमा ४५ जना सवार बस दुर्घटना भएको छ ।

     

    करिब ४५ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकीनजिकै शिशुवा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    उक्त दुर्घटनाका घाइतेलाई उद्धार गर्ने क्रम चलिरहेको र थप जानकारी आउन बाँकी रहेको कास्की प्रहरीले जनाएको छ ।बस बेगनास तालबाट पोखरातर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।

    अहिले घाइतेको अवस्था एकीन भइसकेको छैन भने घाइतेको उपचारका लागि अस्पताल लगिएको कास्की प्रहरीका निरीक्षक ज्ञान खड्काले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार