Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्ता गठबन्धन राष्ट्रपतिको चुनावबाट भत्किन्छ : माधव नेपाल


    आइतबार, फाल्गुन ७ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठन्धन कुन दिन भत्किन्छ टुंगो नभएको बताएका छन् ।

    पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठक उद्घाटन गर्ने क्रममा उनले राष्ट्रपतिको चुनावबाट सत्ता गठबन्धनको भविष्य टुङ्गो लाग्ने बताए ।

    यही महिनामा हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार मनोनयन गर्ने समय नजिकिएको भन्दै उनले एक हप्ताभित्र गठबन्धनको भविष्य प्रष्ट हुने बताएका छन् ।

    सत्ता गठबन्धनमा संविधान विरोधीदेखि संविधानका पक्षधर सबै खाले शक्ति भएका कारण उक्त गठबन्धन लामो नटिक्ने अध्यक्ष नेपालको दावी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार