Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • महामन्त्री शर्मा भन्छन्- आफ्नै कमजोरीले सत्ता नेतृत्व गुमे पनि अब राष्ट्रपति कांग्रेसबाटै हुन्छ


    आइतबार, फाल्गुन ७ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको नयाँ राष्ट्रपति नेपाली कांग्रेसकै उम्मेदवार बन्ने दाबी गरेका छन्।

    आज आइतबार सुर्खेतमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले संसदमा सबैभन्दा ठूलो दल कांग्रेस भएकोले आफूहरूले उठाएको उम्मेदवार राष्ट्रपति हुने बताए।

    ‘नेपाली कांग्रेसको आफ्नै कमजोरीका कारण सत्ता गुम्यो, यसमा कसैलाई दोष दिनु छैन,’ शर्माले भने, ‘यही फागुन २५ गते राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ, त्यहाँ कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएको समाचार तपाईंहरुले सुन्न पाउनुहुनेछ।’

    उनले केही सामान्य घटनाले नेकपा एमालेसँग नेकपा माओवादीले गठबन्धन गरी सरकार बनाए पनि चुनावका बेला गरिएको कांग्रेससँगको गठबन्धनका आधारमा माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार