काठमाडौँ। नेपालबाट चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा ३० करोडको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा ३० करोड ३७ लाख ४२ हजार रुपैयाँको यार्सागुम्बा निर्यात भएको हो ।
यस अवधिमा नेपालबाट ४९६ किलोग्राम यार्सागुम्बा निर्यात भएको तथ्यांकमा उल्लेख छ । विश्वका १२ वटा मुलुकले नेपालबाट यार्सागुम्बा किन्दै आइरहेका छन् । तीमध्ये सबैभन्दा धेरै हङकहङ र कम्बोडियाले किन्ने गरेका छन् ।
यस अवधिमा हङकङमा १३ करोडको यार्सागुम्बा निर्यात हुँदा कम्बोडियामा १० करोडभन्दा धेरैको यार्सागुम्बा निर्यात भएको छ । यस्तै, भियतनाममा ४ करोड १६ लाख, अमेरिकामा ५१ लाख, बेलायतमा २० लाखको निर्यात भएको छ ।
यस्तै, सिंगापुरमा १ करोडको यार्सागुम्बा निर्यात भएको तथ्याङ्क छ । मलेसियाले ३४ लाखको यार्सागुम्बा किन्दा इटाली, चीन, कोरिया, फ्रान्स र जर्मनीले समेत नेपालबाट यार्सागुम्बा किन्दै आएका छन् ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend