Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सन्दीपले लिए नामिबियाविरुद्ध लगातार दुई विकेट


    शनिबार, फाल्गुन ६ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध पहिले बलिङ गरिरहेको नेपालले लगातार दुई विकेट लिएको छ। उक्त तेस्रो खेलमा नामिबियाविरुद्ध नेपाली स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका हुन् ।

    संयमित ओपनिङ गरेको नामिबियाविरुद्ध सन्दीप लामिछानेले दुवै ओपनरलाई पेभिलियन पठाए।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेको नामिबियाको ओपनिङ जोडीले सन्दीपले आफ्ना पछिल्ला दुई ओभरमा लगातार आउट गरे।

    १४.३ ओभमार कार्ल बिर्केनस्टोक्सलाई २० रनमा आउट गरेका लामिछानेले आफ्नो अर्को ओभर अर्थात् १६.५ ओभरमा ओपनर लो-हान्ड्रे लौरेन्सलाई ४१ रनमा आउट गरे। अहिले नामिबिया ६७ रनमा २ विकेट गुमाएर खेलिरहेको छ।

    नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहेको छ। नामिबिया भने तेस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ। नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो। जारी सिरिजमा यो नामिबिया विरुद्धको अन्तिम खेल हो।

    पहिलो खेलमा घरेलु टोलीसँग पराजित नामिबियाले स्कटल्याण्डसँग दोस्रो खेल हारेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार