Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


    मंगलबार, भाद्र २ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सांकेतिक तस्वीर 

    जलेश्वर ।  महोत्तरीको जलेश्वर–रौजा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–३ भटौलियाका ३० वर्षीय ललित ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

    गए राति ज११प १३८६ नम्बरको मोटरसाइकलमा चढी धमौराबाट बनौटातर्फ जाँदै गरेका ठाकुरको मोटरसाइकल बलवा नपा–८ स्थित सडकमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको थियो । ठाकुरको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको छ  । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार