काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमण फैलनुको कारण प्रधानमन्त्री केपी शर्मा ओली रहेको नेपाली कांग्रेसका युवा नेता गगन थापाले बताएका छन् ।
उनले कोरोना भाइरस (कोभिड -१९) संक्रमणको फैलावट रोक्न पूर्व तयारी गर्ने समय,स्रोत साधन हुँदाहुँदै पनि प्रम ओलीको अहंकार,अकर्मण्यता र गैरजिम्मेवारीपनका कारण अहिलेको अवस्था आएको आरोप लगाएका छन् ।
उनले आज प्रधानमन्त्रीका नाममा आठ पेजको ध्यानाकर्षण पत्र लेख्दै कोरोना संक्रमण नियन्त्रणका लागि सुझावहरु समेत दिएका छन् ।

यसका लागि उनले पछिल्लो समय संक्रमितको संख्या बढिरहेको काठमाडौं उपत्यकासहितका ‘हटस्पट’ हरुमा तत्काल ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्न माग गरे । अहिलेको अवस्था थप जटिल हुन नदिनका लागि अवागमन पूर्णरुपमा बन्द गर्नुपर्ने र अत्यावाश्यक सेवा बाहेकका सबै सेवाहरु रोक्नका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
दुई हप्ता यसरी कडा रुपमा प्रस्तु हुन सुझाव दिँदै उनले यसअघि लकडाउनको अवधिमा हेलचक्रयाँइ गरेजस्तो नगर्न आग्रह समेत गरे । उनले भने – ‘दुई हप्ताको अवधिमा पहिलाको जस्तो जनतालाई घरमा राखेर सरकार बालुवाटारमा नसुतोस् । सम्भाव्य जोखिमको आँकलन गरेर युद्धस्तरमा अस्पताल केन्द्रित लगायतका सम्पूर्ण तयारी यसै समयमा गर्नुहोस् । दुई हप्तापछि जनजीवन सहज बनाउन सक्ने गरी गर्नुपर्ने काम यो अवधमिा गर्नुहोस् ।’
यस्तो छ नेता थापाले जारी गरेको ध्यानाकर्षण पत्रको पूर्णपाठ
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend