काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । लगातार २ दिन घटेको सुनचाँदीको मूल्य आज भने बढेको हो ।
सोमबार ९८ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज २२ सयले बढेर प्रतितोला १ लाख ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँ बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।