Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कुशल मल्लले स्कटल्यान्डविरुद्ध लिए २ विकेट


    शुक्रबार, फाल्गुन ५ २०७९
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। स्कटल्याण्डविरुद्ध नेपालले पहिलो विकेट लिएको छ । कुशल मल्लले दुई विकेट लिएपछि आइसीसी विश्वकप एक दिवसीय लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले मध्यम सुरुवात गरेको हो ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले १२ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा ५१ रन बनाएर खेलिरहेको छ। त्यस्तै, मल्लले २ विकेट लिए।

    मल्लले ओपनर क्रिस्टोफर म्याकब्राइड र कप्तान रिची बेरिङटनलाई पवेलियन फर्काए। क्रिस्टोफर २२ र रिची १९ रन बनाउँदा पवेलियन फर्के।

    २५ बलको सामना गरेका रिचीले २ चाौका र १ छक्का हान्दै कुशल मल्लको बलमा आउट भए। क्रिस्टोफर २२ रनमा आउट भए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार