काठमाडाैं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौंका नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। आयोगले विभागका नायब सुब्बा शिव शंकर महतोलाई नियन्त्रणमा लिएको हाे।
महतोले फर्मको दर्ता प्रमाण–पत्रसँग सम्बन्धित काम लिई आएका सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना आधारमा आयोग टंगालबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
महतोलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस/रिसवत बापतको रकम लिएको अवस्थामा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिइएकाे हाे। उनीमाथि थप अअनुसन्धान भइरहेको आयोगले जनाएको छ।