Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा कोरोना संक्रमितको संख्या कति पुग्याे?


    सोमबार, भाद्र १ २०७७
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २७ हजार ३ सय २१ पुगेको छ ।

    मन्त्रालयद्वारा नियमित आयोजना गरिने कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

    उनका अनुसार पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

    याेसँगै कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट १०७  जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार