Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली सेनाका सहायकरथी राणासहित तीन सैनिक बर्खास्त


    आइतबार, साउन ३२ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । समरी जनरल सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूरमा एक सहायकरथीसहित तीन सैनिक अधिकारीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आज बसेको उक्त अदालतले सहायकरथी प्रयोगजङ राणा, महासेनानी नवीन सिल्वाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने फैसला गरेको हो ।

    पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रमा रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठह¥याउँदै अदालतले सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो । सहायकरथी राणाले रु एक करोड ५२ लाख २७ हजार तथा महासेनानी सिल्वालले रु १५ लाख ७९ हजार रकम हिनामिना गरेको ठहर गर्दै अदालतले बिगो बराबरको रकम निजहरुबाट असुल उपर गर्ने निर्णय गरेको छ । उक्त अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गर्ने तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत दिने निर्णय पनि सुनाएको छ । अभियोगमा अनुसन्धानको दायरामा रहेका महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) लाई भने अदालतले सफाइ दिने गरी फैसला गरेको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार