Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल प्रहरी कोरोना संक्रमण बढ्दो, डीआईजी पनि संक्रमित


    आइतबार, साउन ३२ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका एक उच्च अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको छ । महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत डीआईजीमा कोरोना संक्रमण देखिएको हो । 

    नेपाल प्रहरीमा कोरोना संक्रमण अझै बढ्दो क्रममा छ । शनिबारसममा ५ सय ५१ जना प्रहरीमा संक्रमण देखिइसकेको छ। ती मध्ये २ सय १३ जना निको भइ डिस्चार्ज भैसकेका छन् । अन्यको अवस्था सामान्य रहेको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए ।

    संक्रमित प्रहरीमा सबैभन्दा धेरै प्रहरी प्रधान कार्यालयका छन् । त्यहाँका १ सय ३६ जनामा संक्रमण देखिएको छ । स्याङजा र धादिङ जिल्लाका प्रहरी प्रमुखलाई पनि संक्रमण भएको छ । स्याङजाका प्रहरी प्रमुख भने निको भइसकेका छन् ।

    प्रहरीमा संक्रमण बढेपछि गणभित्रै आइसोलेसन वार्ड बनाइएको छ । महाराजगञ्जस्थित प्रहरी अस्पतालसँगै रहेको प्रहरीको २ नम्बर गणमा एक सय ५० वार्डको आइसोलेसन बनाइएको छ । यस्तै सामाखुशीस्थित विपद् व्यवस्थापन गणलाई पनि सारेर आइसोलेसन बनाउनेबारे छलफल भइरहेको छ । संक्रमण बढ्दै गएकोले सर्वसाधरणलाई समेत त्यहाँ राख्ने गरी आइसोलेसन वार्ड बनाउन लागिएको छ ।

    सरकारले प्रहरी अस्पताललाई कोभिड–१९ उपचारका लागि लेभल–२ स्तरको अस्पताल बनाउने निर्णय गरिसकेको छ । जहाँ हाल १० वटा आईसियु रहेकोमा १० वटा थप्ने र भेन्टिलेटर समेत राख्ने तयारी भएपनि बजेट प्राप्त नभएको एक प्रहरी अधिकारीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार