Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड समूहबाटै सचिवालय बैठकको माग


    शनिबार, साउन ३१ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादलाई समाधान गर्नका लागि यतिबेला पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड लागि परेका छन् ।

    पटकपटकको छलफलपछि शुक्रबार ६ सदस्यीय कार्यदल बनाइ विवाद समाधानको प्रयास सुरु भएको हो । कार्यदल गठनका लागि सहमत हुनुअघि नै आफ्नो समूहमा छलफल गरेका प्रचण्डलाई आफ्नै समूहले फेरि अर्को झन्झट थपिएको छ ।

    प्रचण्ड समूहका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदललाई कार्यदेश दिनको लागि सचिवालय बैठक बोलाउन माग गरेका छन् । 

    शनिबार बिहान पार्टी अध्यक्ष प्रचण्डको निवासमा चारजना नेताको बैठक बसेको थियो । सो बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदललाई कार्यदेश दिनका लागि सचिवालय बैठक बोलाउन प्रचण्डलाई दबाब दिएको हो । सचिवालयले तोकेर कार्यदेश दिँदा उपयुक्त हुने नत्र फेरि पछि कुरा बिग्रन सक्ने विषय बैठकमा उठेको स्रोतले बताएको छ ।  

    शुक्रबार नेकपा महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो ।

    शुक्रबार अध्यक्षद्वयले महासचिव पौडेलको नेतृत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल सदस्य छन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार