Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६ सदस्यीय कार्यदल गठन गर्ने ओली-प्रचण्डको सहमति


    शुक्रबार, साउन ३० २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।

    शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच कार्यदल बनाउने सहमति भएको बालुवाटार स्रोतले दावी गरेको छ ।

    कार्यदलको संयोजक महासचिव विष्णु पौडेल छन् । यस्तै सदस्यमा जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेको बताइएको छ।

    कार्यदलले विवाद समाधानका लागि सुझाव दिने र दुई अध्यक्षले त्यसलाई पालना गर्ने सहमति भएको समेत स्रोतले दावी गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार