Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रेशम चौधरीको रिहाइ माग गर्दै नागरिक उन्मुक्ति पार्टीले आज धर्ना दिने


    बिहिबार, पुष ७ २०७९
    800
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैँ। नागरिक उन्मुक्ति पार्टीले आज बिहीबार काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिने भएकाे छ।

    नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायत थरुहट राजबन्दी रिहाइको माग गर्दै आज धर्ना दिन लागेकाे हाे।

    सरकारले रेशम चौधरीलगायत थरुहट राजबन्दी रिहाइका लागि गत मंसिर २५ गते विधेयक ल्याएको थियो। यसअघि सरकारले अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष पठाएपनि जारी हुन सकेको छैन । उक्त विधेयक राष्ट्रपति कार्यालयमा विचाराधीन छ। 

    उक्त अध्यादेश प्रमाणीकरण गर्नुपर्ने भन्दै थारु कल्याणकारी सभा, थरुहट÷थारुवान संयुक्त संघर्ष समिति, नागरिक उन्मुक्ति पार्टी लगाएतले लगभग दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।

    गत मंसिर ४ मा सम्पन्न भएकाे निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले ३ सिट प्राप्त गरेकाे छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार