Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भोलि सांसदहरुको शपथअघि सर्वदलीय बैठक 


    बुधबार, पुष ६ २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूको शपथ ग्रहण पहिले संसद्का ज्येष्ठ सदस्यको अध्यक्षतामा सर्वदलीय बैठक बोलाइएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बस्ने गरी भोलि सर्वदलीय बैठक आह्वान गरिएको हो। 

    बिहीबार दिउँसो १  बजे प्रतिनिधिसभा सदस्यहरुको शपथ राखिएको छ । त्यसभन्दा अगावै १२ बजे बस्ने गरी संघीय संसद सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएको हो ।

    सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल (१२ दल) का नेताहरुलाई बोलाइएको संसद सचिवालयका एक अधिकारीले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार