Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • माधव नेपाललाई भेट्न सँगै शिक्षण अस्पताल पुगे देउवा र प्रचण्ड


    बुधबार, पुष ६ २०७९
    640
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न संगै अस्पताल पुगेका छन् ।

    रुघाखोकी, ज्वरो र छातीमा संक्रमण भएपछि हिजो मंगलबार राति त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाललाई भेट्न बुधबार दिउँसो देउवा र प्रचण्ड पुगेका हुन् ।

    उनीहरुले नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै केही समसामयिक राजनीतिक विषयमा कुराकानी गरेका नेताहरु निकट स्रोतले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार