Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गगन भन्छन्- बन्द कोठामा गरिने आलोपालो प्रधानमन्त्रीको सहमति मान्य हुन्न


    बुधबार, पुष ६ २०७९
    790
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। बुधवार कांग्रेस संसदीय दलको निर्वाचनमा पराजित भएपछि कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनभित्र आलोपालो प्रधानमन्त्रीका नाममा बन्द कोठामा गरिने सहमति मान्य नहुने बताएका छन् । त्यसका लागि पार्टीमा पारदर्शी छलफल हुनुपर्ने उनले बताए ।

    आज भएको संसदीय दलको निर्वाचनपछि पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री थापाले बन्द कोठामा गरिने निर्णय व्यक्तिको हुने र पार्टीले त्यसलाई नबोक्ने दाबी गरेका हुन्। 

    बुधवार बिहान भएको निर्वाचनमा ६४ मत प्राप्त गरेर सभापति शेरबहादुर देउवा संसदीय दलको नेता चुनिएका छन् । गगनले जम्मा २५ मत मात्र प्राप्त गरे ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सत्ता साझेदारी समझदारी गरेको चर्चाबीच गगनले बन्द कोठामा सहमति गरे मान्य नहुने बताएका हुन् । 

    ‘सरकारको आलोपालो र राष्ट्रपतिबारे पारदर्शी निर्णय भएन भने त्यो व्यक्तिगत रूपमा दर्ज हुनेछन् । आलोपालो गर्ने समझदारी पार्टीसँग संस्थागत छलफल भएमा बोक्छौं । यसअघि बन्द कोठामा गरेजस्तै भयो भने, कांग्रेसले बोक्दैन । भोलि धोका दियो भन्न मिल्दैन,’ थापाले भने ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार