Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काँग्रेस बागमती संसदीय दलको निर्वाचनका लागि समिति गठन 


    मंगलबार, पुष ५ २०७९
    920
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभाको संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन प्रक्रिया सुरु गरेकै दिन बागमती प्रदेशको दलको नेता चयन गर्नका लागि पनि निर्वाचन गरिने भएको छ । काँग्रेस बागमतीको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णयसँगै प्रक्रिया सुरु भएको हो ।

    कार्यसम्पादन समितिको बैठकले प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि प्रदेश समितिका उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा समिति गठन गरेको छ । सो समितिमा प्रदेशका महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सदस्य गंगा दाहाल र सदस्य सानु श्रेष्ठ रहेको प्रवक्ता तिलक रुवालीले जानकारी दिए । 

    बागमतीको संसदीय दलको नेतामा इन्द्र बानियाँ र बहादुर सिंह लामाको दाबी रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार