Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यौन दुव्यर्वहारको आरोप लागेपछि माओवादी केन्द्रीय सदस्‍य बजगाईं निलम्बित


    मंगलबार, पुष ५ २०७९
    740
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाइँलाई पार्टीले निलम्बन गरेको छ। बजगाईंमाथि यौन दुव्यर्वहारको आरोप लागेको छ ।

    उनले माओवादी केन्दकै भाृत संगठन अखिल क्रान्तिकारीमा आवद्ध एक किशोरीलाई सामाजिक संजाल फेसबुकमार्फत अश्लिल म्यासेज पठाएको खुलेको छ ।

    संजाल फेसबुक म्यासेजमा बजगाईंले पटक–पटक ती किशोरीलाई अश्लिल शब्द प्रयोग गरी म्यासेज पठाएका थिए। 

    अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला कमिटीमा समेत रहेकी ती किशोरीले आफूमाथि दुव्यर्वहार भएकोबारे सुरुमा संगठन र माओवादी केन्द्रको तल्ला समितिमा निवेदन दिएकी थिइन् ।

    ती किशोरीको निवदेन माओवादी केन्द्रको बागमती प्रदेश समितिसम्म पुगेपछि बागमती प्रदेश समितिकै सिफारिसमा बजगाईंलाई केन्द्रीय समिति सदस्यबाट  निलम्बन गरिएको हो ।

    माओवादी केन्द्रको ३ पुसमा बसेको पदाधिकारीको बैठकले उनलाई केन्द्रीय समितिबाट निलम्बन गर्दै छानबिनको जिम्मा केन्द्रीय अनुशासन आयोगलाई दिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार