Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शेखर कोइरालाको घोषणा- संसदीय दलको नेतामा गगन नै मेरो उम्मेदवार 


    मंगलबार, पुष ५ २०७९
    920
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले युवा पुस्ताको चाहनाअनुसार संसदीय दलको उम्मेदवारमा गगन थापालाई आफूले प्रस्ताव गरेको बताएका छन्। नेता कोइरालाले संसदीय दलको नेतामा गगन नै आफ्नो उम्मेदवार रहेको प्रष्ट पारे।

    संस्थापनइतर समूहको बैठकमा बोल्दै नेता कोइरालाले आफू पुस्तान्तरण रुपान्तरणको पक्षमा रहेकाले दलको नेतामा गगनलाई प्रस्ताव गरेको बताए।

    उनले भने,’ गगन डाइनामिक हुनुहुन्छ। युवाको चाहना पनि उहाँलाई दलको नेता बनाउने नै छ। आफू पनि पुस्तान्तरणसहित पार्टी रुपान्तरको पक्षमा रहेकाले प्रस्ताव गरेको हुँ।’

    यस्तै बैठकमा गगनले १५ औं महाधिवेशनमा शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए। त्यसपछि शेखर पछि हटेका हुन्।

    यस्तै, संसदीय दलको नेताका उम्मेदवारले दरखास्त दिने समय मंगलबार दिउँसो २ देखि ३ बजेसम्म तोकिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार