Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीमा माधव नेपाल र जनमत पार्टीमा सीके राउत सर्वसम्मत दलको नेतामा चयन


    सोमबार, पुष ४ २०७९
    575
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । आज सोमबार पार्टी कार्यालय शान्तिनगरमा बसेको दलको बैठकमा नेपाल सर्वसम्मत दलको नेता चयन भएका हुन् ।

    हालै सम्पन्न निर्वाचनमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट हात पार्यो । तर, समानुपातिकमा भने थ्रेस होल्ड कटाउन सकेन । 

    यस्तै, आजै जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा.सिके राउत सर्वसम्मत चयन भएका छन् । दलको केन्द्रीय समिति बैठकपछि बसेको दलको बैठकले राउतलाई सर्वसम्मत नेता चयन गरेको हो ।

    जनमत पार्टीबाट संसदमा ६ जना सांसद छन् । उसले थ्रेस होल्ड कटाउँदै पाँच सांसद र एकजना प्रत्यक्षतर्फ जित हासिल गरेको हो । पहिलोपटक संसदीय राजनीतिमा होमिएका डा राउतले सप्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतान्तरले पराजित गरेका थिए। 

    राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुससम्म प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेपछि सबै पार्टी अहिले दलको नेता छनोटमा जुटेका छन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार