Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति भण्डारीले ७ दिनभित्र सरकार गठनको लागि गरेको आह्वान विवादमा


    सोमबार, पुष ४ २०७९
    820
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ।राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेपछि नयाँ संवैधानिक विवाद तानिएको छ। प्रतिनिधि सभा गठन भएर नवनिर्वाचित सांसदले शपथ नखाई सरकार गठन गर्न मिल्छ कि मिल्दैन भन्ने विवाद उत्पन्न भएको हो।

    आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि दावी पेश गर्न आह्वान गरेकी हुन् । त्यसका लागि उनले सात दिनको समय दिएकी थिइन्। 

    सो विषयलाई लिएर सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले सांसदहरूले शपथ नलिएसम्म सरकार निर्माणबारे छलफल नहुने बताएपछि यो विवादले बल पाएको छ।

    पार्टी मुख्यालय पेरिसडाँडामा पार्टी पदाधिकारीको बैठक र सांसदहरूसँगको छलफलमा प्रचण्डले सांसदहरूको शपथपछि मात्र विभिन्न पदहरूको बाँडफाँटबारे दलहरूसँग छलफल हुने ब्रिफिङ गरेका थिए।

    पाँच वर्षअघि राष्ट्रपति भण्डारीले सांसदहरूले शपथ नलिँदै केपी ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। त्यति बेला पनि शपथ नलिई प्रधानमन्त्री नियुक्ति गर्न नपाइने विवाद उठेको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार