Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  माओवादी केन्द्रको पदाधिकारी बैठक जारी, सरकार गठनबारे छलफल हुँदै


    आइतबार, पुष ३ २०७९
    910
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । नयाँ सरकार गठनका पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कसरत गरिरहेका बेला माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएका हुन्।

    पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा नयाँ सरकार गठनबारे छलफल हुनेछ । पार्टी संसदीय दलको नेता चयनका विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुनेछ । 

    हालै सम्पन्न प्रतिनिधिसभामा ३२ सिट जितेको माओवादीले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान राख्दै आएको छ । माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै चयन हुने निश्चित छ ।

    माओवादीले प्रचण्डलाई नै भावी प्रधानमन्त्रीमा अगाडि सारेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार