Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकार निर्माणका लागि एमालेलाई हतार छैन : सचिव विष्ट


    आइतबार, पुष ३ २०७९
    850
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेका सचिव गोकर्ण विष्टले नयाँ सरकार बनाउने चलखेलमा एमाले नलाग्ने र तत्कालका लागि एमाले सरकारमा नजाने बताएका छन् ।  विष्टले भने, ‘हामीलाई प्रतिपक्षमा बस्ने जनताको म्याण्डेट हो, त्यसैले सत्तामा बस्नका लागि अवान्छित गतिबिधी गर्ने पक्षमा छैनौ, सरकार निर्माणका लागि एमालेलाई हतारो छैन ।’

    आइतबार बुटवलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानीमा उनले सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय नभएको दाबी गरे । गुल्मी क्षेत्र नंं २ बाट प्रतिनिधीसभा सदस्यमा चौंथो पटक निर्वाचित भएका बिष्टले गएको निर्वाचनले एमालेलाई प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको उल्लेख गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार