Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाँकेबाट १३ जना महिला सांसद निर्वाचित


    आइतबार, पुष ३ २०७९
    970
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभामा गरेर बाँके जिल्लाबाट १३ जना महिलाहरू निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ प्रदेशसभामा एक जना महिला र समानुपातिकबाट १२ जना महिलाले सङ्घीय र प्रदेश सांसद बन्ने अवसर प्राप्त गरेका हुन्। 

    प्रत्यक्षतर्फ दुवै सदनका लागि जिल्लामा नौ वटा सिट रहे पनि बाँके १ (क) बाट माओवादी केन्द्रका उम्मेदवार कृष्णा केसी नमुना विजयी हुने एक मात्र महिला हुन् । अन्य आठ सिटमा विजयी हुने सबै पुरुष उम्मेदवार रहेका छन् । माओवादीकी केसी यस पटक सोही सिटबाट दोहोरिएकीहुन्। 

    प्रत्यक्षतर्फबाट एक जना मात्र महिला विजयी भएपछि समानुपातिकबाट विभिन्न दलले १२ जना महिलालाई प्रतिनिधिसभा र प्रदेशसभामा पठाएका छन् । 

    समानुपातिकबाट प्रतिनिधिसभामाछनोट हुने उम्मेदवारमा नेपाली काँग्रेसको तर्फबाट आशा विक, नेकपा (एमाले)बाट दीपा शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लक्ष्मी तिवारी रहेकी छन् । यसै गरी लुम्बिनी प्रदेशसभाका लागि विभिन्न दलहरूले निर्वाचित गरेका नौ जना महिला सांसदमा नेपाली काँग्रेसबाट चार जना, एमालेबाट दुई जना, जसपा, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट एक एक जना रहेका छन्। 

    बाँके जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरेर प्रत्यक्ष तथा समानुपातिक दुवै प्रणालीबाट २१ जना सांसदहरू निर्वाचित भएर संसदमा पुगेको स्रोतले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार