Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • आफुलाई प्रधानमन्त्री बनाउन देउवासमक्ष प्रचण्डको प्रस्ताव


    शनिबार, पुष २ २०७९
    950
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। आज प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले गठबन्धनबाट पहिलो चरणमा प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन्। 

    उनको प्रस्तावमा देउवाले गठबन्धन छलफल गरेर अघि बढ्ने जवाफ दिएको बताइन्छ । गठबन्धनबाट सरकार बनेपनि काँग्रेस भित्रबाटै देउवालाई नेतृत्व नछाड्न दबाब बढिरहेको स्रोतले बताएको छ । 

    यता, अध्यक्ष प्रचण्डले आफूसँग ६० सांसदको कमाण्ड रहेको दाबी गर्दै आफूलाई प्रधानमन्त्री बनाउनुपर्नेमा जोड दिदै आएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार