Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकले अर्कालाई निषेधको राजनीति गरे हामी समाप्त हुन्छौँ: देव गुरुङ 


    शुक्रबार, पुष १ २०७९
    785
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । आज शुक्रबार सरकार गठन तथा समसामयिक राजनीति विषयमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले हालै सम्पन्न निर्वाचनको परिणामले अहिलेको व्यवस्थामाथि नै प्रश्न उठाएको बताएका छन् ।

    उनले भने, ‘यो निर्वाचनले केही नयाँ दलको पनि उदय भएको छ । ती दलको एजेण्डाबारे बोलेका छैनन् । तर, पुराना दलहरुको केही सीट घटेको छ । नयाँले दल जन्मनुको पछाडि राजनीतिमा केही संकेत देखिएको छ ।’

    उनले यो व्यवस्था जोगाउन नसके मुलुकमा अस्थिरता र अराजकता बढ्ने दाबी गरे । मुलुक संकटमा पुगेको बेलामा दलहरुबीच संवाद र सहकार्य गरेर जानुपर्ने बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार