Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यसरी मनाइयो काठमाडौँमा आज पाँचौ राष्ट्रिय झण्डा दिवस


    शुक्रबार, पुष १ २०७९
    860
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैं। आज पुस १ गते शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरी पाँचौ राष्ट्रिय झण्डा दिवस मनाइँदैछ। 

    राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौँको माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस २०७९ मनाएको हो। यस दिवसमा विराटनगरका पूर्व मेयर एवं नवनिर्वाचित प्रदेशसभा सांसद भीम पराजुली पनि सहभागी  भएका थिए। सबैले हात हातमा नेपाली झण्डा बोकेर राष्ट्रियभाव गीत समेत गुङ्गुनाउँदै शान्तिपूर्ण र्याली सहित नगर परिक्रमा गरेका छन। KRB_KTM-RE3A2542_1_GilfIQQgc4.jpg

    प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ। २०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो। साथै देश र राष्ट्रप्रति प्रेम भाव झल्काउदै रास्ट्रीयताको प्रतिक झण्डा फर्फरौदै देशका विभिन्न ठाउमा यो दिवश मनाउने गरेको छ।

    Jhanda_kMLP86o4L1.jpg
    undefined

     

    Jhandda_1xgu3TeiH5.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार