Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • प्रधानमन्त्री देउवाले भने- स्थानीय तहले भ्रष्टाचारशून्य नीति लिएर काम गर्नुपर्छ 


    आइतबार, मंसिर २५ २०७९
    800
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गरेका छन्।

    संघ, प्रदेश र स्थानीय तहको निर्वाचन निष्पक्ष ढंगले सम्पन्न भएको दाबी गर्दै उनले अब नागरिकमा सुशासन र विकासको अनुभूति गराउने कामलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे।

    यसै क्रममा उनले भ्रष्टाचारशून्य नीति लिएर अघि बढ्न पनि स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे। ‘दिगो विकास लक्ष्यअनुरूप योजना तर्जुमालाई प्राथमिकतामा लिएर लक्ष्य प्राप्तितर्फ उन्मुख भएर देशको शिक्षित युवा जनशक्तिलाई रोजगारीको अवसर सिर्जना गर्न आवश्यक छलफल हुन आवश्यक छ,’ उनले भने, ‘स्थानीय निकायले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाएर भ्रष्टाचारशून्य नीति लिएर अघि बढ्न म विशेष अनुरोध गर्दछु।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार