काठमाडौं । तयारी नपुगेको भन्दै शुक्रबार स्थगित भएको नेकपा एमालेको सचिवालय बैठक आज फेरि बोलाइएको छ । पार्टी कार्यालय तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने एमालेको सचिवालय बैठकले समानुपातिकतर्फबाट निर्वाचित हुने सांसदहरूको नामलाई अन्तिम रुप दिने बताइएको छ ।
समानुपातिकतर्फबाट छनोट हुने सांसद चयनमा एकनाथ ढकालजस्ता विवादित पात्र नबोक्न एमालेका नेता–कार्यकर्ताहरुले सामाजिक संजालमार्फत् खबरदारी गरिरहेका छन् । तर एकनाथको नाम खस आर्यतर्फ दोस्रो नम्बरमा भएकाले जति बिरोध भए पनि उनको नाम कटौतीमा पर्ने संभावना क्षीण छ ।
एकनाथको नाम काटेर खस आर्य महिलातर्फ सातौं र आठौं नम्बरमा रहेका दीपा शर्मा दैलेख र सुनिता बराल झापालाई पार्नुपर्ने दबाब पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि परेको एक एमाले केन्द्रीय सदस्यले बताएका छन् ।
एमालेको खस आर्यतर्फ महिला क्लष्टरमा एक नम्बरमा रहेकी महासचिव शंकर पोखरेलकी बहिनी मेनका पोखरेलदेखि ६ नम्बरमा रहेकी निर्मला कोइरालासम्म पर्नेछन् । दीपा र सुनितालाई पार्नका लागि एकनाथलाई नबोक्न दबाब भए पनि चुनावका क्रममा हेलिकप्टर खर्चको प्रबन्धमदेखि धेरै कारणले एकनाथको नाम काटिने अवस्था नरहेको ती केन्द्रीय सदस्यले बताए ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend