काठमाडौँ। संघीय संसद् सचिवालका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग निष्क्रिय भएको भन्दै बुधबार पत्र पठाएपछि उक्त पत्र अवैधानिक रहेको भन्दै नेपाल बार एसोसिएशनले उक्त पत्र खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश गरेको थियो।
यस रिटमा सर्वोच्च अदालतले कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन गरेको छ ।
सो विषयलाई लिएर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सचिवालयका महासचिव भरतराज गौतमलाई तत्काल पदमुक्त गरेर अनुसन्धान सुरुवात गर्नुपर्ने बताएका छन् ।
महासचिव गौतमले गरेका काम उनको अधिकार क्षेत्र बाहिर भएको अधिवक्ता त्रिपाठीकाे भनाइ छ ।
‘महाअभियोग लगाउने/नलगाउने संसद्को अधिकार हो,’ उनले भने, ‘संसद्का कर्मचारीको काम भनेको अभिलेखहरू राख्ने, संसद्ले गरेका निर्णयलाई सुनाउने र संसद्बाट निर्णय भइसकेका विषयमा पत्र पठाउन आदेश दिएमा मात्रै पत्र पठाउने हो ।’
उनले जसरी न्याय दिने काम न्यायालयमा कर्मचारीको काम नभइ बेन्चको हुन्छ त्यसरी नै महाअभियोगमा निर्णय गर्ने अधिकार संसद्का कर्मचारीको नभइ संसद्को भएको बताए । ‘जनप्रतिनिधिमूलक संस्थाको अधिकारको प्रयोग कर्मचारीबाट हुन सक्दैन,’ वरिष्ठ अधिवक्त त्रिपाठीले थपे, ‘जसरी न्यायिक अधिकारको प्रयोग अदालतका कर्मचारीबाट हुँदैन बेन्चबाट मात्रै हुन्छ, त्यसैगरी संसद्को अधिकार क्षेत्रको काम संसद्ले मात्रै गर्छ । त्यहाँको महासचिव बाट यस्तो काम हुँदैन ।’
अहिले महाअभियोग सिफारिस समितिले सिफारिस गरिसकेको र संसद्ले अहिले समय अभावका कारण स्थगित गरिएकाले यसको अधिकार आगामी संसद्को अधिवेशनको भएको उनको भनाइ छ । गौतमले गरेकाे काम लोकतन्त्र माथिको घात भएको अधिवक्ता त्रिपाठीले बताए । ‘कर्मचारीले कानुनी रूपमा यस्तो काम गर्न मिल्दैन । यो एउटा लोकतन्त्र माथिको घात हो,’ उनले भने ।
आफ्नो अधिकार क्षेत्र बाहिर गएर यस्तो काम गर्ने कर्मचारीलाई तत्काल पदमुक्त गरेर अन्य प्रक्रिया अगाडि बढाउनु पर्ने उनको भनाइ छ । ‘यस्तो कर्मचारीबाट संसद् सुचारू रूपले चल्न सक्दैन । यस्ता कर्मचारीले कहाँ फटाइ गर्छन् थाहा हुँदैन । कर्मचारीलाई तत्काल पदमुक्त गरेर अन्य प्रक्रिया अगाडि बढाउनु पर्छ ।’
महाअभियोग निष्क्रिय गर्ने निर्णय बदनिय र षडयन्त्रपूर्ण रहेको उनले दाबी गरे ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend