Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • केही सिटले एमाले दोस्रो पार्टी बनेको छ, प्रतिपक्षमै रहन्छ : उपाध्यक्ष पौडेल


    शुक्रबार, मंसिर २३ २०७९
    905
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा  (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकार गठनको दौडमा नरहेको तथा नेकपा माओवादी केन्द्र र अरु दलसँग मिलेर सरकारमा नजाने र आफ्नो पार्टी प्रतिपक्षमै बस्ने बताएका छन् । आज शुक्रबार बुटवल कालिका क्याम्पसको नवौं वार्षिकोत्सवलाई सम्बोधनपछि पत्रकारसँग कुरा गर्दै उनले मंसिर ४ को चुनावको जनादेश अनुसार एमाले प्रतिपक्षमा बस्ने दाबी गरेका हुन् ।

    माओवादी केन्द्र र अरु दलसँग मिलेर सरकारमा जाने सम्भावनाबारे पत्रकारको प्रश्नमा उपाध्यक्ष पौडेलले त्यस्तो खेलमा एमाले नलाग्ने बताए । पौडेलले भने, ‘एमाले केही सिटले दोस्रो पार्टी बनेको छ, यो जनादेशको सम्मान गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउँछौं ।’

    नेता पौडेलले सरकार बनाउनेबारे एमालेको कसैसँग छलफल नगरेको बताए । चुनावको परिणामबारे पार्टीले छिट्टै समीक्षा गर्ने पौडेलले बताए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार