Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रास्वपाको समानुपातिक सांसद चयनमा चलखेल भयो भन्दै कार्यालयअघि कार्यकर्ताको खबरदारी


    बिहिबार, मंसिर २२ २०७९
    755
    Shares
  • २ मिनेट पाठ
  • विराटनगर । समानुपातिक सांसद चयनमा चलखेल भएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा खबरदारी गरेका छन् ।

    निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाएकाहरूलाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन भनिसकेको छ । साथै रास्वपाले प्रत्यक्षतर्फ ७ सीट जितेको छ भने समानुपातिकमा १३ सीट पाएको छ ।

    कार्यकर्ताले प्राइमरी इलेक्सनबाट आएकाहरूलाई प्राथमिकतामा नराखी अरुलाई नै समानुपातिक सांसदमा पठाउन खोजिएको भन्दै कार्यालयअघि खबरदारी गरेका हुन् । रास्वपाले प्राइमरी इलेक्सनमा पाएको मतको आधारमा समानुपातिकको बन्दसूची तय गरेको थियो ।

    तर, प्राइमरी इलेक्सनमा थोरै मत ल्याएकाहरूलाई समानुपातिक सांसद बनाउन खोजेको भन्दै वसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा खबरदबारी कार्यक्रम गरिएको हो ।

    सुनसरी क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट पराजित तथा सुनसरी सभापति लालविक्रम थापाले थिति बसाल्न र पार्टी बिग्रेला भन्ने डरले चिन्तित भई नेतृत्वलाई खबरदारी गरिएको बताए ।

    डिजिटल डेमोक्रेसीको कुरा गर्ने पार्टी डिजिटलकै अवधारणा अनुसार चलोस् भन्नका लागि आफूहरूले दबाब दिएको थापाको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार