Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर सभापति न्यौपानेलाई जिम्मेवारीबाट हटाउन माग


    आइतबार, मंसिर १८ २०७९
    840
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। पुर्व पत्रकार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई जिम्मेवारीबाट हटाउन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिइएको छ। 

    सभापति न्यौपानेलाई जिम्मेवारीबाट हटाउन माग गर्दै मकवानपुरका करिब ५० जनाले नेता, कार्यकर्ताले मंसिर १२ गते केन्द्रीय कार्यालयमा निवेदन दिएका हुन्। 

    जिल्ला सभापति न्यौपानेले चुनावका बेला पार्टीका समानुपातिक तर्फका उम्मेदवार नुरमान प्रजालाई अन्य पार्टीका उम्मेदवारसँग भेटाएको आरोप छ। न्यौपानेले अरू पार्टीका उम्मेदवारसँग समानुपातिक उम्मेदवार प्रजालाई भेटाएर आफूहरूको भोट नोक्सान गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूको आरोप थियो। 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार