Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  कमल थापाको नयांँ पार्टीलाई समानुपातिकमा ३३९१ मत मात्रै 


    शुक्रबार, मंसिर १६ २०७९
    845
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा अध्यक्षको चुनाव हारेपछि पार्टी फुटाएका अर्थात् नयाँ पार्टी खोलेका कमल थापाको नयाँ पार्टी राप्रपा नेपालले समानुपातिकतर्फ ३ हजार ३९१ मत मात्रै प्राप्त गरेको छ। 

    गत वर्ष राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा निर्वाचित भएपछि कमल थापाले नयाँ पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल खोलेका थिए। 

    एमालेको चुनाव चिन्ह सुर्य लिएर मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उठेका थापा स्वयं पनि निर्वाचनमा पराजित भएका छन् । उनी मकवानपुर १ मा २५ हजार ४६० मतसहित तेस्रो स्थानमा समेटिएक थिए ।

    यता राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले भने आम निर्वाचनमा छलाङ मारेको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपा ५ लाख ८५ हजार ९२१ मतसहित राष्ट्रिय पार्टी बन्न सफल भएको छ । 

    राप्रपा छाडेपछि नयाँ पार्टीलाई उचाइ दिने घोषणा गरेका थापालाई यो निर्वाचन परिणामले धक्का दिएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार