Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • दोलखा (ख) मा रोकियो मतगणना


    शुक्रबार, मंसिर १६ २०७९
    825
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं।  निर्वाचन सम्पन्न भएको १२औँ दिनमा थालिएको बाजुराको मतगणना पुन: मुचुल्काभन्दा बढी मत भेटिएको भन्दै गणना रोकिएको थियो भने दोलखामा खसेको मतमध्ये मतपेटिकामा १४७ मत नभेटिएपछि मतगणना रोकिएको छ । 

    बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी मत आएपछि मतगणना रोकिएको हो । प्रतिनिधिसभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेकोभन्दा ४० मत बढी खसेको पाइएको थियो ।

    यता, दोलखा (ख) मा खसेको मतमध्ये मतपेटिकामा १४७ मत नभेटिएपछि मतगणना स्थगित भएको छ । अहिले सुरक्षा निकायका प्रमुख र मुख्य निर्वाचन अधिकृतको टोली छलफलमा बसिरहेको छ । 

    उक्त छलफलपछि सर्वदलीय बैठक बोलाउने तयारी भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार