Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • आईजीपी धिरजप्रताप सिंह र अमेरिकी राजदूतबीच भेटघाट 


    शुक्रबार, मंसिर १६ २०७९
    840
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्सनबीच आज भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालयमा आईजीपी सिंह र राजदूतबीच भेटवार्ता भएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

    उक्त भेटका क्रममा अमेरिकी राजदूत थम्सनले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष तरिकाले सम्पन्न गरेको भन्दै प्रहरीको तारिफ गरेका थिए। 

    नेपाल प्रहरी र अमेरिकन सुरक्षा एजेन्सीको सहकार्यमा हुँदै आएको साइबर सुरक्षा तालिम, हवाई र क्रिप्टो करेन्सी सम्बन्धी तालिममा थप बढोत्तरी गरिने राजदूत थम्सनले दाबी गरेका छन् । भेटमा प्रहरी महानिरीक्षक सिंहले अमेरिकन सरकारले नेपाल प्रहरीलाई गर्दै आएको सहयोगका लागि धन्यवाद दिएका छन् । उनले 

    उनले आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने र आपसी सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरे ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार