Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री र सिके राउतबीच भेटवार्ता, सरकार गठनबारे छलफल


    बिहिबार, मंसिर १५ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । निर्वाचनको परिणाम प्रत्यक्षतर्फ ३ सिटको मात्र बाँकी छ । समानुपातिक मतगणनाको परिणामले कुन पार्टीले कति सिट पाउँछन् भन्ने एकीन भइसकेको छ । निर्वाचन परिणामले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दलका रुपमा स्थापित गर्ने पक्कापक्की छ ।

    ठूलो दलका नाताले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार बनाउनका लागि पहल थालेका छन् । यसैक्रममा बिहीबार देउवाले जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भेटेका छन् ।

    देउवा र राउतबीच प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।

    कांग्रेस नेता विमलेन्द्र निधि बिहीबार दिउँसो राउतलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । वार्ता सकारात्मक र परिणाममुखी भएको निधिले बताए ।

    निधिले ट्विटरमा लेखेका छन्–‘अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष, डा. सिके राउतलाई लिएर प्रधानमन्त्री शेर बहादुर देउवासँग बालुवाटारमा भेंट गराएर फर्कदै छु । दुबै जनामा सकरात्मक र परिणाम मुलक वार्ता भएको छ । गठबन्धन र काँग्रेससँग संघीय र प्रदेश दुबै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार