Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाजुरामा मतगणना हुँदै


    बिहिबार, मंसिर १५ २०७९
    790
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना पुन:गर्न बुधबार निणर्य गरेको भए पनि विवादका कारण सुरु हुन् नसकेको उक्त स्थानको मतगणना ११ दिनपछि सुचारू हुने भएको छ ।

    आज बिहीबार जिल्लामा सर्वदलीय बैठक बसेर सहमति भएपछि मतगणना सुरू हुने निर्णय गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ।

    सत्तापक्षले शक्तिको दुरुपयोग गरी बुथ कब्जा गरेको आरोप लगाउँदै पुनः मतदान गर्न निर्वाचन आयोगमा उजुरी गरेको थियो । त्यहाँको घटनाबारे बुझ्न गएको आयोगको टोलीले स्थलगत रिपोर्टिङपछि पुनः मतदान गर्न नपर्ने निर्णय गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार