Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • एजेन्डा कार्यान्वयन गर्न प्रदीप पौडेलले प्रतिस्पर्धीसँग गरे छलफल


    बुधबार, मंसिर १४ २०७९
    720
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । मंसिर ४ गते सम्पन्न चुनावमा काठमाडौं ५ बाट निर्वाचित नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्थात् आफ्ना प्रतिस्पर्धीसँग छलफल गरेका छन् ।

    सबैको साझा प्रयासले मात्रै सबै एजेन्डाहरू कार्यान्वयन गर्न सम्भव हुने भएकाले उनले आफ्ना प्रतिस्पर्धीसँग छलफल गरेका कांग्रेसका एक नेताले बताए। 

    आफ्ना प्रतिस्पर्धीसँग भेटेपछि उनले फेसबुकमा लेखेका छन्, ‘यस क्षेत्र र समग्र राष्ट्रको विकासका लागि सहयात्राको सुरुवात गर्न यस क्षेत्रका प्रतिनिधिसभा सदस्यका उमेदवारसँग छलफल कार्यक्रम सुरु गरेको छु ।’

    निर्वाचनको दौरानमा प्रस्तुत भएका प्रतिबद्धता, एजेण्डालाई सबैको साझा मुद्दा बनाएर सँगसँगै अगाडि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् ।

    काठमाडौं ५ का उम्मेदवारहरु सुशान्त श्रेष्ठ, भीमबहादुर मगर, रमेश केसी, मधुसुदन पाठक र विनिता अर्यालको उक्त छलफलमा उपस्थिति थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार