Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  ओली भन्छन्- थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु अनुचित छ 


    मंगलबार, मंसिर १३ २०७९
    690
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। सोमबार दिउँसो थापाथलीस्थित सुकुम्बासी बस्ती माथि काठमाडौँ महानगरले बल प्रयोग गरेको खण्डमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन्। 

    मंगलबार च्यासलस्थित पार्टी निकट सांस्कृतिक संघद्वारा आयोजित बधाई कार्यक्रममा अध्यक्ष ओलीले थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु उचित नभएको बताएका हुन् ।  

    अध्यक्ष ओलीले फुसका छाप्रा भत्काउन काठमाडौं महानगरपालिकाले डोजर प्रयोग गरेकोप्रति कटाक्ष गर्दै भूमि आयोगको कामबारे पिन प्रश्न उठाए । उनले नेपाल प्राकृतिक र भौगोलिक रूपमा समेत विविध रहेको बताउँदै संस्कृति समेत संसारकै उत्कृष्ट रहेको उल्लेख गरे । 

    काठमाडौं महानगरपालिका र बागमती सभ्यता एकीकृत विकास समितिको टोलीले बस्ती हटाउने प्रयास गरेको थियो। बस्ती हटाउन नदिन सुकुम्बासीले प्रतिकार गरिरहेका थिए। केहीले घरेलु हातहतियार समेत निकालेर प्रतिकार गर्दा महानगर प्रहरी, सुकुम्बासीसमेत घाइते भए। कोही टायर बालेर प्रदर्शन गरिरहेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार