Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  निर्वाचन आयोगले प्रहरीमा ४ एआईजी बढुवा गर्न अनुमति दियो 


    मंगलबार, मंसिर १३ २०७९
    720
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवा प्रयास शुरु भएको छ । 

    हाल नेपाल प्रहरीमा ४ वटा एआईजी पद रिक्त छ । उक्त रिक्त पदमा बढुवाका गर्न गृह मन्त्रालयलाई निर्वाचन आयोगले अनुमति दिएको छ ।

    अबको नयाँ सरकार नबनी यही सरकारबाट बढुवा गराउन नेपाल प्रहरीभित्र सो प्रयास सुरु भएको स्रोतले जनाएको छ। 

    गृह मन्त्रालयको आग्रह अनुसार आयोगले बढुवा गर्न अनुमित दिएको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले बताए । मंसिर १९ सम्म निर्वाचन आचार संहिताका कारण आयोगको अनुमित बिना सरुवा र बढुवा गर्न मिल्दैन । आयोगले आवश्यकता अनुसार प्रहरी अधिकृतहरुको सरुवा गर्न पनि मन्त्रालयलाई अनुमति दिएको छ ।

    २०७९ साउन २० मा एआईजी विश्वराज पोखरेल, भदौ २३ मा मुकुन्दराज आचार्य, कार्तिक १४ मा अरुण बि.सी र कार्तिक २४ मा रबिन्द्र बहादुर धानुकले अवकाश पाएका थिए । उनीहरुको अवकाशसँगै प्रहरीमा चार दरबन्दी रिक्त भएको छ ।

    रिक्त ४ वटा एआईजी पदमा बढुवा हुन करिब एक दर्जन डिआईजी प्रतिस्पर्धामा उत्रिएका छन् । मधेस प्रदेशका डिआईजी मसाउद अलम खाँ, लुम्बिनी प्रदेशका नल प्रसाद उपाध्याय र सुदुरपश्चिम प्रदेशका मोहन कुमार आचार्य मेरिट लिस्टमा अगाडि छन् । उनीहरु  अहिलेका आईजीपी धिरज प्रताप सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका ब्याचमेट हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार